Raju Dhakal
9852680967
alaichibikash033@gmail.com
Anupa Subedi
9852680561
anupasubedi55@gmail.com
मेची अञ्चलको मध्य भागमा पर्ने इलाम जिल्लाको उत्तर तर्फ सुर्येदय नगरपालिका वाड न. ९ स्थित पान्दाम भन्ने स्थानमा अलैची विकास केन्द्र रहेको छ / यो केन्द्र ईलामको फिक्कल बजार देखि ४.५ कि.मि. उत्तर तर्फ पर्ने बरबोटेभन्ने स्थान बाट गोर्खे जाने कच्ची सडकको कनारमा अवस्थित छ / केन्द्रको आवास क्षेत्र भने फिक्कल बजार बाट ३ कि.मि. को दुरीमा पशुपतिनगर जाने सडकको छेवैमा राम्फोक भन्ने स्थानमा रहेको छ / केन्द्र आवाज तथा कार्यालय बिचको दुरी ३.५ कि.मि.रहेको छ/ केन्द्रको इतिहासलाई अध्ययन गर्दा आर्थिक बर्ष २०३२/०३३ सालमा तत्कालिन फिक्कल गाउ विकास समितिको वडा न ४.पान्दाम भन्ने स्थानमा २०३३/०७/१५ गते अलैची विकास योजनाको रुपमा ३४५ रोपनी जग्गा खरिद भै अलैची अनुसन्धान तथा बिकास कार्यक्रम नामले थालनी भएको पाइन्छ. २०३९ साल पुर्वान्चलका ईलाम, पाचंथर, तेहथुम जिल्लाहरुलाई अलैची विकास क्षेत्र घोषणा गरीअलैची विकास कार्यक्रम सरकारी र निजी क्षेत्र (कृषकस्थर) मिलि बृहत रुपमा संचालनगरियो /बि.स. २०३९ सालमा अलैचि विकास योजना फिक्कल, इलामलाई नेपाल चिया विकास निगममा गाभियो तर दक्ष् जनशक्तिको अभाब र सीमित कर्यक्षेत्रले गर्दा राष्ट्रिय स्थरमा कार्यक्रम संचालन गर्न समन्वयको अभाब खाडीकएकाले २०४५ साल भाद्र २९ गते देखि नेपाल चिया विकास निगमवाट पुर्न नेपाल सरकार कृषि विकास मन्त्रालय, कृषि विभाग अन्तर्गत राष्ट्रिय अलैची वाली विकास कार्यक्रम को नामले संचालन भयो सोही समयमा नेपाल चिया विकास निगमको ४ वटा आवास रहेको २७ रोपनी जग्गा समेत यस केन्द्रलाई प्राप्त भयो हाल यस केन्द्रको आवास गृहहरु समेत गरि ३७३=५ रोपनी (१८.७ हेक्टर ) क्षेत्रफ़ल् रहेको छ/ हालको संरचना अनुसार अलैची विकास केन्द्र फिक्कल ईलाम, राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्र खुमलटार ललितपुरको प्राबिधिक एंव प्रशासन नियन्त्रणमा सहेको छ / केन्द्रको भौगोलीक तथा भू-उपयोग स्थिति भौगोलिक स्थिति उचाई १२००’ १६०० हावापनि उपोष्ण तापक्रम १२.७’२१.८ डी.से. मोहोडा पश्चिम उत्तर वर्षा २३०००’ २४००० मि.मि. भू-उपयोग कार्यालय परीसर ३७रोपनि नर्सरी क्षेत्र ८१रोपनि जंगल, भिर, खोल्सी २२८-५ रोपनी कर्मचारी आवाज क्षेत्र २७ रोपनी (राम्फोक ) जम्मा ३७३=५ रोपनी (१८=७ हेक्टर उदेश्य... View More